Skip to content

बीवाइडीको डल्फिन २०२५ सार्वजनिकः ६ वटा एयरब्याग, कति पर्छ मूल्य ?

nabil bank

काठमाडौँ । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ भर्सनको डल्फिन २०२५’ मोडल सार्वजनिक गरेको हो ।

विद्युतीय सवारीसाधन (ईभी) निर्माता बीवाइडी लोकप्रिय मोडेल डल्फिनको नयाँ भर्सन ल्याएको छ । यो गाडीमा १५ वर्षसम्मको लाइफ ब्याट्री रहेको छ । यसमा ल्यो भोल्टेज ब्याट्री रहेको छ । यो गाडी सुरक्षा र दिगोपनको हिसाबमा राम्रो मानिने जनाइएको छ ।

डल्फिन २०२५ को मूल्य ४१ लाख १५ हजार रुपैयाँ रहेको छ । यसमा बीवाइडी एप छ । यो गाडी मोबाइलको सहयोगमा स्टार्ट अन अफ गर्न सकिन्छ । यसमा लिथियम आयोन फोसफेट ब्याट्री उपलब्ध रहेको छ ।

बीवाइडी डल्फिन प्रतिघण्टा ४४.९ किलोवाट क्षमताको ब्याट्री प्रयोग गरिएको साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् । यसले एक पटकको फुल चार्जमा डब्लुएल्टिपि साइकल अनुसार ३४० किलोमिटरको रेन्ज दिने छ ।

नयाँ डल्फिनको बम्परको तल्लो एयर इन्टेक एरिया र पछाडिको ‘बिल्ड योअर ड्रीम्स लोगोलाई ‘बिवाइडि’ लोगोले प्रतिस्थापन गरेको छ । यसको १२.८ इन्चको टचस्क्रिन छ । यसमा ६ वटा एयरब्याग, फर्वाड कोलिजन वार्निङ, ट्राक्सन कन्ट्रोल प्रणाली छ ।

अटो होल्ड, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि यस मोडलको बिवाइडिमा उपलब्ध छ । यसमा लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्ट लगायत ट्राफिक अलर्ट रहेको छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime