Skip to content

पशुपति शवदाह गृहको मेसिन खरिदमा १० करोड बढी हिनामिना, सदस्यसचिवसहित १४ जनाविरुद्ध मुद्दा दायर

nabil bank

काठमाडौं । पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

विभिन्न १४ व्यक्ति तथा दुई कम्पनीले १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा हिनामिना गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शवदाह गृहको मेसिन खरिद तथा जडान गर्दा भ्रष्टाचार भएको भन्दै दायर गरेको रिटमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १४ जना रहेका छन् ।

पशुपति क्षेत्र विकास कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्‍याएर भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । थापासहित १४ व्यक्ति तथा दुई कम्पनी विरुद्ध मुद्दा दायर भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime