Skip to content

दुई वर्षअघि घटेको दुईपांग्रे सवारीको व्यापार बढ्यो, आयात पनि उच्च

nabil bank

काठमाडौं । पछिल्लो चार वर्षयता ओरालो लागेको दुईपांग्रे साधनको व्यापारमा दुई वर्षयता फेरि उत्साह देखिन थालेको छ ।

अर्थतन्त्रमा कोभिड–१९ का कारण आएको मन्दीसँगै बजारमा दुईपांग्रे सवारीको माग घटेको थियो । तर, कोभिड–१९ को प्रभाव घटेसँगै दुईपांग्रे सवारीमा उत्साह देखिन थालेको अटो व्यवसायीहरु बताउँछन् । कोभिड–१९ का कारण थलिएको अर्थतन्त्र बिस्तारै ‘रिकभरी’ को बाटोमा आउन थालेका कारण दुईपांग्रे सवारीको व्यापारमा पनि केही वृद्धि भएको व्यवसायीहरु बताउँछन्र । यता दुईपांग्रे सवारी बेच्ने र विदेशबाट यस्ता सवारी साधनको पार्टपुर्जा ल्याएर बेच्ने कम्पनीले पनि गत दुई वर्ष अघिभन्दा चालु वर्षमा यस्तो सवारी साधनको बिक्री बढिरहेको जनाएको छ ।

नेपालमा होण्डा ब्राण्डका दुईपांग्रे सवारी साधन बिक्री गर्ने स्याकार ट्रेडिङ कम्पनीले आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा ९ अर्ब २९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब ८४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ मा ९ अर्ब ७१ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा १५ अर्ब ३५ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा १३ अर्ब ४२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

बजारमा सवारी साधनको बिक्रीका लागि उच्च प्रतिस्पर्धा छ । कम्पनीले स्कुटर सेग्मेन्टमा बजाज, यामाहा, टीभीएसलगायत अन्य ब्रान्डसँगै विद्युतीय सवारी साधनसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति छ । तर, त्यसका बाबजुद कम्पनीको स्कुटर नेपाली बजारमा निकै माग रहेको बताइन्छ ।

बजाज ब्राण्डको दुईपांग्रे र तीनपांग्रे सवारी साधनको आधिकारिक बिक्रेता रहेको हंसराज हुलासचन्द एण्ड कम्पनीले सन् २०२५ को ९ महिनाको अवधिमा ११ अर्ब २२ करोड ६० लाख रुपैयाँ व्यापार गरेको छ । सन् १९५९ मा स्थापना भएको हंसराज हुलासचन्द एण्ड कम्पनीले सन् २०२४ मा १० अर्ब ६७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार हेर्दा गत वर्षको व्यापारको तुलनामा सन् २०२५ को ९ महिनाको अवधिमा उच्च व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १० अर्ब ७६ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा २१ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

यसैगरी, सन् २०१८ दुईपांग्रे सवारी साधन एसेम्बल गरी व्यावसायिक कारोबार गर्ने हुलास अटो क्राफ्ट कम्पनीको व्यापार गत वर्षको भन्दा बढेको छ । यस कम्पनीले बिभिन्न मोटर साइकल तथा स्कुटर कम्पनीको वस्तुहरु आयात गरेर एसेम्बल गर्ने काम गर्छ । यस कम्पनीको व्यापार सन् २०२५ को ९ महिनासम्म आउँदा ६ अर्ब ४६ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

कम्पनीको व्यापार १ अर्ब ३२ करोड २९ लाख रुपैयाँले बढेको छ । सन् २०२४ को अन्त्यसम्म यस कम्पनीले ५ अर्ब १३ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२२ मा १० अर्ब रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीको व्यापार सन् २०२३ /२०२४ मा घट्दो थियो ।

सन् २०२५ बाट कम्पनीको व्यापार उकालोतर्फ लागेको कम्पनीले जनाएको छ । सन् २०२३ मा यस कम्पनीको व्यापार ५ अर्ब ६१ करोड ४० लाख रुपैयाँ व्यापार गरेको छ । यो दुई कम्पनी उदाहरणमात्र हुन् । दुईपांग्रे सवारी साधन बेच्ने अन्य कम्पनीको पनि व्यापार दुई वर्षयता बढ्न थालेको नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल, टु–ह्विलर्स कमिटीका सभापति अभय ज्योति बताउँछन् ।

साे ‘कम्पनीले सार्वजनिक गरेको तथ्यांकसँगै कम्पनीले आयता गरेको तथ्यांकले पनि दुईपांग्रे सवारी साधनको व्यापार बढ्दो अवस्थामा रहेको देखाउँछ’ सभापति ज्योति भन्छन्, ‘पछिल्लो दुई वर्षको इम्पोर्टको तथ्यांक हेर्दा दुईपांग्रे सवारी साधानको माग केही बढेको छ ।’

उनको अनुसार चार वर्षअघिको तुलनमा भने यस्तो सवारीको व्यवसाय अझै कम छ तर, दुई वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०८७/७९ मा बाइक तथा स्कुटर सम्बन्धित २६ अर्ब २ करोड १४ लाख ११ हजार रुपैयाँ बराबरको सामानहरु आयात भएको भन्सार विभागको तथ्यांकले जनाएको छ ।

चालु आर्थिक वर्षमा सरकारले २५ अर्ब ४२ करोड ८८ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । बाइक तथा स्कुटरको सामान सबैभन्दा धेरै भारताबाट आयात हुने गरेको छ । भारतपछि सबैभन्दा धेरै यस्तो सामानहरु चीनबाट आयात हुने गरेको छ ।

यसैगरी, ताइवान, थाइल्यान्ड, इटाली र अमेरीकाबाट यस्ता सामानहरु नेपाल आयात हुने गरेको तथ्यांकले देखाउँछ ।

निजी क्षेत्रले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा २२ अर्ब ३८ करोड ३५ लाख ९६ हजार रुपैयाँ बराबरको १ लाख ८९ हजार ९२ थान दुई पांग्रे सवारीको बस्तू आयात गरिएको छ । यसबाट सरकारले २१ अर्ब ९६ करोड ५४ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । दुईपांग्रे सवारी साधनको आयात गत आर्थिक वर्षकोभन्दा ७ अर्ब ३० करोड ७९ लाख ९० हजार रुपैयाँ बराबरको आयात बढेको हो ।

गत आर्थिक वर्षको ११ महिनासम्म सरकारले १५ अर्ब ७ करोड ५६ लाख ६ हजार रुपैयाँ बराबरको दुईपांग्रे सवारी आयात भएको थियो । आर्थिक वर्ष २०७९–८० मा ११ अर्ब ३१ करोड ६३ लाख ९६ हजार रुपैयाँ बराबरको १ लाख ८ हजार १९२ थान दुईपांग्रे सवारीको साधन आयात भएको थियो । यसबाट राज्यले १० अर्ब ५८ करोड १० लाख ८५ हजार रुपैयाँ राजस्व पाएको थियो ।

आर्थिक वर्ष २०७८/७९ निजी क्षेत्रले सबैभन्दा धेरै दुईपांग्रे सवारी साधान आयात गरेको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षमा २६ अर्ब १ करोड १४ लाख ११ हजार रुपैयाँ बराबर २ लाख ६२ हजार २२१ थान सवारी साधन आयात भएका छन् । यसबाट २५ अर्ब ४२ करोड ८८ हजार ६५ हजार रुपैयाँको राजस्व संकलन भएको छ ।

नेपालले चीन, भारतका साथै हङकङ, इन्डोनेसिया, दुबई, थाइल्याण्ड, ताईवान, कतार र अस्ट्रेलिया लगायतका देशबाट आयात हुने गरेका छन् । नेपालमा हाल सबैभन्दा धेरै हिरो मोटोकर्प, होन्डा, यामाहा, टिभीएस, सुजुकी, केटीएम, रोयल एनफिल्ड, बेनेली, बजाज, अप्रिलिया, भेस्पा, एथर, टेल्जी, क्लासिक लिजेन्ड्स र यात्रीलगायत ब्राण्डका दुईपांग्रे सवारी साधन बिक्री गर्ने गरेका छन् ।

गतवर्ष सबैभन्दा धेरै स्कुटरको डिमान्ड रहेको सभापति ज्योति बताउँछन् । यता चालु आवमा भने बजारमा बाइक, स्कुटर दुबैको बिक्रीमा प्रतिस्पर्धा रहेको उनको भनाइ छ । अहिले बजारमा १२५ सीसीको स्कुटरको डिमाण्ड धेरै छ भने १५० सीसी माथिका बाइकहरुको माग धेरै छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi