काठमाडौं । भिजिट भिसा प्रकरणमा पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहने एक मन्त्रीले बताए ।
उक्त समितिलाई ३ महिनाको समय दिइएको छ । समितिमा गृह मन्त्रालय, श्रम मन्त्रालय र पर्यटन मन्त्रालयका सहसचिव छन्।






प्रतिक्रिया दिनुहोस्