Skip to content

इजरायल र इरानबीच युद्दबिरामको लागि सहमति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा

nabil bank

अमेरिका । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानले युद्धविराममा सहमति जनाएको बताएका छन् । उनले २४ घण्टा भित्र द्वन्द्व अन्त्य हुने घोषणा गरे ।

“इजरायल र इरानबीच पूर्ण र पूर्ण युद्धविराम हुने कुरामा पूर्ण सहमति भएको छ,” अमेरिकी राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै भने ।

उनले थपे युद्धविराम लगभग छ घण्टामा सुरु हुनेछ ।

“आधिकारिक रूपमा, इरानले युद्धविराम सुरु गर्नेछ र १२ औं घण्टामा, इजरायलले युद्धविराम सुरु गर्नेछ र २४ औं घण्टामा, १२ दिने युद्धको आधिकारिक अन्त्यलाई विश्वले स्वागत गर्नेछ,” ट्रम्पले भने।

ट्रम्पले युद्दबिरामको घोषणा गरेपनि अहिलेसम्म आधिकारिक रुपमा इजरायल र इरानले केही कुरा सार्वजनिक गरेका छैनन् । सोमबार राती इरानले कतारमा रहेको अमेरिकी सेनाको क्याम्पमा आक्रमण गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कतारले नै इजरायल र इरानबीच युद्दबिरामको लागि पहल गरिरहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime