Skip to content

विपद् जोखिम न्युनीकरण र प्रतिकार्यका तीन ठाउँमा हेलिकप्टर तयारी अवस्थामा

nabil bank

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि काठमाण्डौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारीहालतमा राखिएको बताउका छन् ।

मंगलबार काठमाडौंमा आयोजित विपद् व्यवस्थापनमा पत्रकारको भूमिका विषय प्रशिक्षण कार्यक्रममा गृहमन्त्री लेखकले मुलुकका तीन स्थानका साथै अन्य ठाउँहरुमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारीहालतमा राख्ने तयारी भइरहेको बताए ।

‘आवश्यकता अनुसार हेलिकप्टर एसोसियसनसित पनि हेलिकप्टर तयारीहालतमा राख्ने विषयमा समन्वय भएको छ’ गृहमन्त्री लेखकले भने । ‘सिमित स्रोत साधनकाबीच विपद् प्रतिकाय एवं न्यूनीकरणका लागि सरकार लागि परेको छ ।’ उनले प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायी लगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्नेमा जोड दिए ।

विपद् खोजिम न्यनीकरण एवं व्यवस्थापन गर्ने कार्यमा पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने बताए । ‘हामी अत्यन्त ज्यादा विपद्को जोखिम भएको भूगोलमा छौं’ उनले भने ‘जुनसुकैबेला जे सुकै हुनसक्छ । बाढी, पहिरो, डुबान बारेमा पुर्वानुमान गर्न सकिन्छ तर भूकम्पका बारेमा सकिन्न । त्यसकारण हमेसा तयारी अवस्थामा बस्न जरुरी छ।’

उनले सातै वटै प्रदेशमा रहेको आपतकाली गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए । संघीय मर्म अनुकूल भएन भनेर सबै गोदाम ९काठमाडौं बाहेक केन्द्रीय गोदामघर० बाहेक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उनले बताए ।

अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै उनले सरकारले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि गर्नुपर्ने तयारी गरिरहेको बताए । ‘जिल्लामा पनि विपद्का लागि आवश्यक रकम पठाइएको छ’ उनले भने ‘राहत सामाग्री तयार गर्न जिल्लास्थित विपद् समितिलाई निर्देश गरिनुका साथै सूचना जारी गर्ने पद्धतीको विकास भएको छ ।’

प्रतिकार्य तथा जोखिम न्यूनीकरणका लागि नीजि क्षत्रेसित पनि समन्वय र सहकार्य गर्ने काम भएको लेखकको भनाई छ ।

‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् प्रतिकार्य तयारी एवं जोखिम न्यूनीकरणको तयारी बुझ्ने काम भयो’ उनले भने ‘देशभरका दुवै प्रहरी संगठनका प्रमुखहरुलाई तयार रहन निर्देशन दिइएको छ ।’ नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले पनि आ–आफ्नो ठाउँबाट विप्द जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि काम गरिरहेको मन्त्री लेखकको भनाई छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime