काठमाडौं । वर्षातका कारण देशका विभिन्न ३ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् भने ८ वटा राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।
नेपाल प्रहरीका अनुसार गुल्मीको कालिगण्डकी गाँउपालीका–१ गरगरे स्थित कालिगण्डकी करिडोर पूर्व रूपमा अवरोध भएको छ ।
यस्तै रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिगार स्थित जाजरकोट कोल्पा भेरी करिडोर सडक खण्ड, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाट स्थित भेरी करिडोर पूर्व रूपमा अवरोध भएको छ ।
प्रहरीका अनुसार धनकुटाको साँगुरिगढी गाँउपालीका–५ स्थित रवि राके भेडेटार सडक, संखुवासभाको मकालु गाँउपालीका–५ स्थित कोशी राजमार्ग, नवलपरासीको बिनयी त्रिबेणी गाँउपालीका–१ स्थित महेन्द्र राजमार्ग, नवलपरासीको बुलिनटार गाँउपालीका–१ बतासे डाँडा स्थित कालिगण्डकी करिडोर एकतर्फी सुचारू भएको छ ।
यस्तै म्यादीको अन्नपूर्ण गाँउपालीका–३ रूप्से स्थित बेनी–जोमसोम सडक खण्ड, कास्कीको अन्नपूर्ण गाँउपालीका–६ ढावा स्थित पोखरा–बाग्लुङ सडक, गुल्मीको कालिगण्डकी गाँउपालीका–६ बर्लबा स्थित कालिगण्डकी करिडोर, जुम्लाको सिंजा गाँउपालीका–२ चुलेलगाँउ स्थित जसम्ला मुगु सडकखण्ड एकतर्फी सुचारू भएको छ ।






प्रतिक्रिया दिनुहोस्