Skip to content

सूनको मूल्य १० दिनमै ४ हजारले घट्यो

nabil bank

काठमाडौं । असारमा १० दिनको अवधिमा सूनको मूल्यमा केही उतार चढाब आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाले घटेको छ भने चाँदको मूल्य स्थिर प्राय रहेको छ । महासंघका अनुसार असार १ गते नेपालमा सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ रहेको थियो । २ गते पनि सोही मूल्यमा सुनचाँदी कारोबार भएको थियो ।

यस्तै असार ३ गते सुन को मुल्य प्रतितोला २ हजार ५०० रुपैयाँले घटेर १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको छ । असार ४ गते सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ बढेर १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । असार ५ गते सुनको मूल्य ४०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै असार ६ गते पनि सुनको मूल्य घट्यो । त्यसदिन प्रतितोला ८०० सय रुपैयाँले घटेर १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै असार ८ गते भने सुनको मूल्यमा केही बढोत्तरी भएको थियो । ८ गते सुनको मूल्य प्रतितोला ५०० सय रुपैयाँले बढेर १ लाख ९५ हजार २०० रुपैयाँ पुगेको थियो । यस्तै असार ९ गते सुनको मुल्यमा कुनै अन्तर आएन । ८ गतेको मूल्य नै कायम रह्यो ।

असार १० गते भने सुनको मुल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै यो अवधिमा चाँदीको मूल्यमा भने सामान्य फेरबदल आएको छ ।

१० दिनको अवधिमा चाँदीको मूल्य ५ रूपैयाँले मात्रै घटेको छ । असार १ गते चाँदीको मूल्य २ हजार १६५ थियो भने २ गते पनि सोही मूल्यमा कारोबार भएको थियो ।

३ गते ५ रूपैयाँले बढेको थियो । ४ गते ६५ रुपैयाँले बढेको थियो । ५ गते २५ रूपैयाँले घटेको थियो भने ६ गते ५० रुपैयाँले घट्को थियो । यस्तै असार ८ गते १० रूपैयाँले बढेको थियो । ९ गते १० रूपैयाँ ले बढेको चाँदी १० गते १० रूपैयाँले घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime