Skip to content

राम्रो गर्न भनेर बजेटमा ‘टेक एण्ड पे’ ल्याएको, नराम्रो गर्लाकी जस्तो लागेर हटाइयोः प्रधानमन्त्री ओली

nabil bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा टेक एण्ड पे ले राम्रो गर्छ भनेर ल्याएको तर नराम्रो गर्लाकी जस्तो लागेर हटाएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएको ‘टेक एन्ड पे’ ल्याएको छ ।

बजेटमा ‘जलविद्युत् आयोजना सम्पन्न हुने समय तालिकासँग सङ्गति मिल्ने गरी सबस्टेसन र प्रसारण लाइन निर्माण गरिने छ । विद्युत् उत्पादन र खपतबीच सन्तुलन कायम हुने गरी विद्युत् खरिद सम्झौता गर्ने नीति लिइने छ । रन अफ रिभर आयोजनाको टेक एन्ड पे अवधारणा अनुरूप विद्युत् खरिद सम्झौता गरिनेछ,’ भन्ने रहेको छ । यता आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको बैठकमा उक्त बुँदा संशोधन भएको बताए ।

अहिले ‘वित्तीय जोखिम मूल्यांकनका आधारमा ऊर्जा खपत तथा निर्यात हुने यकिन भएका र नेपाल विद्युत् प्राधिकरणले दायित्व भुक्तानी गर्न सक्ने सुनिश्चित भएका आयोजनाको विद्युत् खरिद सम्झौता गर्न सकिने छ’ भन्ने राखिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime