काठमाडौं । नेपालमा कुनै पनि आयोजना समय सीमाभित्र सक्नु आश्चर्य जस्तै हुन्छ । कुनै पनि गौरवको आयोजना होस् या स्थानीय सरकारको सानातिना आयोजना समयभित्र नसक्नु यो नेपालको पुरानै रोग हो, यस्ता रोगले नेता तथा कार्यकर्ता र निर्माण व्यवसायी मोटाउने र जनताले सास्ती भोग्नु पर्ने परम्परा नै भएको छ ।
अहिले काठमाडौं महानगरपालिका–१६ र २६ का स्थानीयहरू यस्तै सास्ती भोग्न बाध्य भएका छन् ।

कामपा वडा नं १६ निर्मल लामा मार्गको अमृत स्कुल अगाडिको सडक वर्षौं बित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन, सडक हिलाम्मे भएपछि स्थानीयहरू मिली वडा कार्यालयमा दबाब दिएपछि भने अहिले ग्रबेलिङको काम सुरु गरिएको छ ।
यता वडा नं २६ ले निर्माणको जिम्मा लिएको म्हेपी सडकको अवस्था पनि अहिले हिलाम्मे भएको छ । माघ महिनादेखि सो सडकमा ढल व्यवस्थापनको काम सुरु गरी जेठमा ढल व्यवस्थापनको काम सकिए पनि बाँकी काम भने अगाडि बढ्न सकेको छैन ।
सो सडक प्रयोग गरी स्कुल जाने साना विद्यार्थी, अन्य पैदल यात्रु, दुई पाङ्ग्रे सवारी साधन र स्थानीयहरूले हिलाम्मे सडकका कारण दैनिक रूपमा सास्ती भोग्नु परेको छ ।











प्रतिक्रिया दिनुहोस्