Skip to content

पाँचतले मन्दिर न्यातपोल ३२३ औं स्थापना दिवस मनाउँदै

काठमाडौं । भक्तपुरको टौमढीस्थित प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्वको पाँचतले मन्दिर न्यातपोलको निर्माण बिहीबार३२३ औं वर्ष पूरा भएको छ । यस दिनलाई ङातापोँलया बुसादाँ भनिन्छ । आज तान्त्रिक विधिअनुसार पूजापाठ र दानदक्षिणा दिने चलन छ ।

आजकै दिन मन्दिरको मूलढोका खोलेर सम्बन्धित जोशी, आचाजु पुरोहितले सबैको सुख र शान्तिको कामना गर्दै विधिअनुसार पूजापाठ गर्ने र सामान्य सरसफाइ र मर्मत सम्भारसहित माथि गजुरमा ध्वजा चढाइएको छ ।

तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले १८औँ शताब्दी अर्थात् नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदाको दिन निर्माण पूरा भएको अभिलेख छ। अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्षबन्धन पूजा गर्ने प्रचलन रहेको पाइन्छ।

त्यसैले प्रत्येक वर्ष असार शुक्ल प्रतिपदा आज न्यातापोलको विशेष वर्षबन्धन पूजा गर्ने गरिन्छ। मन्दिरको सरसफाइ र मर्मत गर्ने उद्देश्यले राजा भूपतीन्द्र मल्लले वर्षमा एक पटक वर्ष बन्धन पूजाको परम्परा चलाएका हुन्।

मन्दिरमा सिद्धीलक्ष्मी, भैरव र बेतालको पूजा गरिन्छ। यस्तै, आजको दिन अवाल समुदायले मन्दिरमाथिको छानाको सरसफाइ गरेर न्यातपोल मन्दिरको जन्मदिन मनाउने गरेका छन् ।

मन्दिरलाई देवीमा तान्त्रिक शक्तिको स्वरूपमा पनि लिने कारण मन्दिरभित्र तान्त्रिक विद्या भएका व्यक्ति मात्र प्रवेश गर्न सक्ने मान्यता छ।

मल्ल राजाको पालामा मन्दिर निर्माणका लागि छालिङ, जितपुर, वागेश्वरी, सक्व, झौख्य, चाँगु, गोकर्ण, पन्तीका स्थानीयले सहयोग गरेका थिए। त्यो समयमा मन्दिर निर्माणको भोजमा ३० हजार मानिसको उपस्थिति थियो। जुन भक्तपुरका बासिन्दाभन्दा चार दोब्बर रहेको मानिन्छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T