Skip to content

दही चिउरा खान यस्तो छ भक्तपुरमा दही बनाउने तयारी

nabil bank

भक्तपुर । भोली मनाइने धान दिवस र दही चिउरा खाने दिनको लागि भकत्पुरको जुजुधौको माग बढेको छ । अहिले भक्तपुरका जुजु धौ व्यवसायीलाई धौ बनाउन व्यस्त देखिएका छन् । दुध उमाल्न र जुजु धौ बनाउन मै उनीहरुको दैनिकी अहिले झन् व्यस्त भइरहेको छ ।
भक्तपुरको एसएस जुजु धौकी सञ्चालिका रिना सुवाल र उनको उद्योगमा कार्यरत अन्य ५ जना जुजु धौ बनाउन मै व्यस्त छन् ।

“मानिसहरुमा जुजु धौको स्वादले पारेको प्रभावका कारण नै डिमाण्ड बढेको छ । अहिले हामीले दिनको २० देखि २५ क्यान दुधबाट जुजु धौ बनाउँछौं । अरु बेला १५ क्यान दुध प्रयोग हुने गर्थ्यो । एक क्यानमा ४० लिटर दुध हुन्छ । त्यसलाई हामी परिक्षण गरेर फ्याट कति छ भन्ने यकिन गरेर ८५ डिग्रीमा उमालेर अनि फेरी डेक्चीमा एक घण्टा पकाएपछि मात्रै सेलाउन हाल्छौं ।,” सुवालले भनिन् ।

मल्लकालीन समयदेखि नै “दहीको राजा” उपमा पाएको भक्तपुरको मौलिक उत्पादन जुजुधौको स्वाद र गुणस्तरका कारण यो सधैं मानिसहरुको रोजाइमा पर्ने गरेको छ । यसको प्रमुख विशेषता चक्कुले टुक्राटुक्रा पारेर काट्न मिल्नु हो । माटोको कटारोको दहीलाई घोप्ट्याए पनि नपोखिने यसको अर्को विशेषता हो । यस्तो विशेषतायुक्त दही बनाउन उच्च गुणस्तरको गाई–भैँसीको शुद्ध दूधको आवश्यक पर्छ । जुजु धौ तयार गर्न अन्य दूधको तुलनामा चिल्लोपना बढी भएको दूध चाहिन्छ ।

“दुध उमाल्ने बेलामा हामी कति दुध उमाल्ने हो त्यही अनुसार नै नापेर चिनी हाल्छौं । त्यसमा सुकुमेल पनि मिसाइन्छ ।” सुवालले भनिन् ।
दुध उमाल्न पुगेपछि माटोको कटारामा पहिले कटाराको आधा भाग मात्र दूध राख्ने गरिन्छ । उक्त दूध सेलाएपछि बाँकी आधा दूधसँगै दहीको बीउ दही ९जोर्डन० राख्नुपर्दछ र न्यानो हुनेगरी छोपेर राख्नुपर्दछ । यसरी छोपेर राखेको पाँच घण्टामा जुजु धौ तयार हुन्छ ।

नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ । भक्तपुरमा पाँच दर्जनको हाराहारीमा जुजु धौ व्यवसायी छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime