Skip to content

प्रधानमन्त्री ओली मेड्रिटमा

nabil bank

स्पेन । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट_ चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिटमा आइपुगेका छन् ।

प्रधानमन्त्री ओलीलाई मेड्रिटको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरे ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार राति काठमाडौँबाट कतारको दोहा हुँदै मेड्रिट आइपुगेको हो । उनीहरु आज साँझ सम्मेलनस्थल स्पेनको सेभिल्ला पुग्ने कार्यक्रम रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime