Skip to content

कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने अभियानका साथ किसानलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले किसानमैत्री योजना बनाएर प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गरे ।

नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवस विशेष महत्त्वपूर्ण रहेको बताउँदै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनले कृषि उत्पादनमा असर परिरहेका यसलाई ध्यानमा राखेर खेती गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘प्रदेश सरकारले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा किसान पहिलो भन्ने विषयलाई प्राथमिकता दिएको छ । पछिल्लो समयमा बसाइँसराई र वैदेशिक रोजगारीले गर्दा कृषि क्षेत्रमा असर परिरहेकाले किसानलाई प्रोत्साहन गर्ने किसिमका योजना ल्याइएको हो ।’

मुख्यमन्त्री कार्कीद्वारा जारी सन्देशमा भनिएको छ, ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T