Skip to content

डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुर महानगरपालिका वाफल स्थित दमकल चोकबाट गैरकानुनी रुपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जनालाई पक्राउ गरेको छ ।

उक्त स्थानमा एक घर भाडामा लिएर सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी गैर कानूनी रुपमा कल सेन्टर तथा मिटु डेटिङ एप संचालन गरी ठगी गर्ने गिरोहलाई पक्राए गरेको छ ।

यस्तै उक्त शाखाको रुपमा काठमाडौं महानगरपालिका-१३ चागलमा एक घर भाडामा लिई संचालन गरि विभिन्न नेपाली युवतीहरुलाई प्रलोभनमा पारि डेटिङ एप मार्फत अनलाइन डेटिङ स्पाम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा
१३ लाख ९९ हजार ९५० रुपैयाँसहित विभिन्न व्यक्ति पक्राउ गरेको छ ।

उनीहरुलाई असार १७ गते ललितपुर महानगरपालिका-४ दमकल चोक र काठमाडौंको चागलबाट पक्राए गरेको हो । ५२ जना व्यक्तिहरु पक्राउ परेकोमा कारोबारमा संलग्न मुख्य ६ जना चिनियाँ नागरिकहरु उपर अभौतिक मुद्रा सम्बन्धी मुद्धा दर्ता गरी बाँकी ४६ जना उपर थप अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T