Skip to content

त्रिशूली नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

nabil bank

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा रहेका मानिसलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

नुवाकोट जिल्ला स्थित त्रिशुली नदी बेत्रावती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले त्रिशुली नदीको तल्लो तटीय आसपासका क्षेत्रमा रहनेहरूले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट र रसुवा तर्फ अत्यधिक वर्षा भएको जनाएको छ । वर्षाका कारण सडक र पुलमा समेत क्षति पुर्‍याएकाले त्रिशूली नदी किनारका दुवै तर्फ बाढीको जोखिम बढ्न सक्ने जनाइएको छ ।

प्रशासनले नदी किनार आसपासका बासिन्दालाई आवश्यकता नपरेसम्म नदीको नजिक नजान, बालबालिका र पशु चौपाया सुरक्षित स्थानमा राख्न, र सम्भावित जोखिम क्षेत्रमा गएका व्यक्तिहरूलाई तत्काल सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime