Skip to content

रसुवा बाढीमा ४ जना चिनियाँ, २ प्रहरीसहित १५ जना बेपत्ता

काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा १५ जना बेपत्ता भएका छन् ।  चीनतर्फबाट गएराति ३ बजे भोटेकोशी नदीमा आएको बाढीमा परी ३ जना प्रहरीसहित १५ जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

‘६ जना नेपाली कामदार, २ जना नेपाली ड्राइभर, चार जना चिनियाँ कामदार, ३ जना नेपाल प्रहरीसहित १५ जना बेपत्ता भएका छन्,’ उनले भने। प्रजिअ पौडेलले मितेरी पुल पूरै बगाएको बताए। ‘मितेरी पुल सबै लग्यो। नेपाल चीन सम्पर्कबिच्छेद भएको छ,’ उनले भने।

उनले रसुवागढी भन्सार कार्यालयका यार्डमा राखिएका कति नयाँ इभी गाडी र मालबाहक कन्टेनर बगाएको भन्ने विस्तृत जानकारी आइसकेको छैन।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima