Skip to content

हिमालयन बैंक बैंकले असार ३२ गतेदेखि एफपीओ निष्काशन गर्ने

nabil bank

काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि थप सर्वाजिनक निष्काशन (एफपीओ) निष्कासन गर्ने भएको छ ।

हाल बैंकमा संस्थापक समूहको ७२.९९ प्रतिशत र सर्वसाधारणको २७.१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने छ ।

बैकले सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन १ अर्ब ४५ करोड २३ लाख २३  हजार ६३३ रुपैयाँको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ पिमियम थपेर प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता थप सार्वजनिक निष्काशन गर्न लागेको छ ।

एफपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ । उकत अवधिमा माग अनुसार आवेदन नपरेमा असार १४ गतेसम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ । सर्वसाधारणले सी–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । एफपीओ निष्काशनपश्चात बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा छ। केयर रेटिङ्ग नेपालले केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime