Skip to content

प्राधिकरणको नीति तथा कार्यक्रमः बिमितको आवश्यकताअनुसार कम्तीमा एउटा नविनतम बीमालेख जारी गर्ने

nabil bank

काठमाडौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमितको आवश्यकताअनुसार बीमालेख तयार पार्ने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बीमा तथा कार्यक्रममा सार्वजनिक गर्दै कम्तिमा एउटा बीमकले एउटा नविनतम बीमालेख जारि गर्ने बताएका छन् ।

उजुरी कम गर्दै लैजाने योजना रहेको छ । बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउने नीति रहेको छ । यस्तै बिमितको हितको लागि कोष बनाउने लक्ष्य रहेको छ ।
यस्तै सरकारी विद्यालयमा पढने बिद्यार्थीकोे बीमा गराउने योजना रहेको छ ।

कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले नीति तथा कार्यक्रममा ७ वटा नीति र त्यसभित्र ४२ वटा कार्यनिति रहेको बताए र पहिलोपटक सार्वजनिक भएको यो नीति तथा कार्यक्रम आगामी बर्ष पनि कायमै राख्ने बताए । वर्षभरि कुन काम कसरी गर्छौ भनेर यो नीति ल्याएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime