Skip to content

किराना पसलको आवरणमा डेढ अर्ब भन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार, २ भारतीय पक्राउ

nabil bank

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीं) ले ललितपुरको सानेपाबाट १ अर्ब ५० करोड भन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबार गर्ने २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

१ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबार गर्ने २ भारतीय नागरिकलाई सोमबार पक्राउ गरेको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक रुपेश कुमार गुप्ता र बिपिन कुमार रहेका छन् ।

गुप्ता भारतको बिहार राज्य मोतिहारीका हुने भने कुमार पूर्वी चम्पारण बिजबनीका स्थानीय भएको सीआईबीका प्रवक्ता युजराज खड्काले जानकारी दिए । गुप्ताले सञ्चालन गरेको राजतीर्थ ट्रेडर्स नामक किराना पसलको आवरणमा हुण्डी तथा क्रिप्टोकरेन्सीको कारोबार गरेको खड्काको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime