काठमाडौं । नेपाल प्रहरीले १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।
आज काठमाडौं महानगरपालिका ६ बौद्ध नयाँ बस्ती स्थित एक घरमा कोठा भाडामा लिएर बसेका चिनियाँ नागरिकको साथबाट स्रोत नखुलेको १ करोड ४४ लाख नगदसहित पक्राउ परेका हुन् ।
उक्त स्थानमा आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्दको प्रहरी टोलीले कोठामा खानतलासी गर्दा उक्त रकम फेला पारेको हो ।

प्रहरीका अनुसार काठमाडौंको स्वयम्भू बस्ने ४० बर्षको चिनियाँ नागरिक वाङ च्यानलाई पक्राउ गरेको हो ।






प्रतिक्रिया दिनुहोस्