Skip to content

फेवाताल सफाइमा आफैं जुटे छोरेपाटनका युवा (फोटोफिचर)

nabil bank

काठमाडौं । आन्तरिक मात्र नभई विदेशी पर्यटकको पनि प्रमुख गन्तव्य हो पोखरा । त्यसमा पनि फेवातालले धेरैलाई लोभ्याउँछ। माछापुच्छ्रेको छायाँ देखिने फेवातालमा डुंगा सयर गर्न कसलाई रमाइलो नलाग्ला र !

फेवातालमा बढेको फोहोरले भने पर्यटकलाई खिन्न बनाउँछ । प्लास्टिकलगायत अन्य फोहोरले फेवातालको सौन्दर्यमा असर गरेको छ । विशेषगरी ड्यामसाइड क्षेत्रमा बढी फोहोरको समस्या रहेको छ ।

फेवातालको सुन्दरता बचाउन छोरेपाटनका केही युवा लागिपरेका छन् । उनीहरु फेवातालको फोहोर हटाउँदै फोहोर नफाल्न सचेतना पनि बढाइरहेका छन्। करिब २० जनाको समूहले ड्याम साइड वरपरबाट ठूलो मात्रामा फोहोर संकलन गरेका छन्। उनीहरुले नियमित रुपमै सरसफाइ गर्ने गरेका छन् तर केही दिनमै फेरि जम्मा भइहाल्ने समस्या रहेको छ।

यो ठाउँ पोखरा महानगरपालिकाको १७ नम्बर वडामा पर्छ। उनीहरुले समय–समयमा फोहोर उठाउने गरेका छन् । महानगरपालिकाले फोहोर देखेर पनि कुनै चासो नराखेको उनीहरुको गुनासो छ ।

मनसुनको समयमा पोखराको फोहोर फिर्के खोला हुँदै फेवातालमा आइपुग्छ । यसैगरी सुक्खा समयमा फेवातालको पानी घट्दा सबै फोहोर ड्याम साइडमा जम्मा हुन्छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime