Skip to content

प्रभु इन्स्योरेन्सले १८ प्रतिशत बोनस सेयर दिने, ४७ प्रतिशत हकप्रद जारी गर्ने

nabil bank

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने भएको छ ।

असार २४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले साउन २३ गतेका लागि वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ ।

कम्पनीले १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले १८ प्रतिशत बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्त पुँजिको ४७ प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने जनाएको छ ।

त्यसका लागि साउन २ गते बुक क्लोज गर्ने भएको छ । साउन १ गतेसम्म कायम रहेका सेयरधनीहरु कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime