Skip to content

भोटेकोशी बाढीको प्रभावः रसुवागढी हाइड्रोपावरको सेयर मूल्य २ दिनमा २१ अंकले घट्यो

nabil bank

काठमाडौं । मंगलबार रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा पनि गिरावट आएको छ । बाढीले कम्पनीको विद्युत उत्पादन बन्द भएसँगै सेयर मूल्यमा पनि गिरावट आएको हो ।

बाढीले कम्पनीको उत्पादन बन्द भएसँगै कम्पनीकाे सेयर मूल्य मंगलबार र बुधबार गरेर २१ अंकले घटेको छ । मंगलबार ३६९.४१ रुपैयाँ रहेको यस कम्पनीको सेयर मूल्य बुधबार ३४८ रुपैयाँमा झरेको हो ।

कम्पनीका अनुसार आयोजनाको बाँधस्थल, आवासगृहदेखि जलविद्युत केन्द्र जाने पहुँचमार्ग लगायतका संरचनामा ठूलो क्षति भएको छ । जसका कारण आयोजनाबाट उत्पादन हुने विद्युत बन्द भएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime