Skip to content

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा विद्यालयलाई १ लाख सहयोग

nabil bank

तनहुँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मीन माध्यमिक विद्यालयलाई १ लाख रुपैयाँ सहयोग गरेको छ । गत जेठमा म्याग्दे गाउँपालिका–४ थर्पुस्थित मीन माध्यमिक विद्यालय भवनको छानो हुरीले उडाएपछि अध्ययन–अध्यापन प्रभावित भएको जानकारी पाएपछि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले १ लाख खर्चेर विद्यालयलाई टिनको छानो हालिदिएको हो ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारीका अनुसार विद्यालयको १२ कोठे भवनमा ट्रस राखेर छानो हालिएको छ । यसअघि ढुङ्गाको छानो थियो । त्यसलाई नै निरन्तरता दिँदा दुर्घटनाको जोखिम भएकाले ढुङ्गाको सट्टा टिन प्रयोग गरिएको उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime