Skip to content

मंगलबार बिहान आएको बाढीले ध्वस्त रसुवागढी र टिमुरे क्षेत्र (फोटोफिचर)

काठमाडौं । मंगलबार बिहान असार २४ गते रसुवामा एक्कासि आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। चीनतर्फबाट आएको बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा टिमुरे भन्सार क्षेत्र ध्वस्त भएको छ। नेपाल प्रहरीका अनुसार रसुवामा गएको बाढीमा परेका मध्ये ९ जनाको शव फेला परेको छ ।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो । बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ ।

स्याफ्रुबेंसी देखि टिमुरे जाने सडकसमेत पूर्ण रुपमा अवरुद्ध भएको छ ।रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima