Skip to content

गाउँपालिकाद्वारा कृषि उत्पादन बढाउन ७५ प्रतिशत अनुदानमा उपकरण वितरण

इलाम । ७५ प्रतिशत अनुदानमा हाते ट्र्याक्टर पाएपछि माईजोगमाई गाउँपालिका–३ का हरि ढकालले खेती विस्तार गरेका छन् । माईजोगमाई–५ का तुलसी चापागाईं पनि खेतबारी खन्ने झन्झटबाट मुक्त भएपछि हिजोआज उनी खेतमा नै व्यस्त छन् ।

अनुदानमा चिया टिप्ने मेसिन पाउँदा व्यावसायिक बन्ने प्रतिबद्धता व्यक्त गरे सोही पालिका–१ प्रमेजुङका चन्द्र भण्डारी । ‘विगतको तुलनामा उत्पादन बढ्ने विश्वास छ’, किसान भण्डारीले भने ।

माईजोगमाई गाउँपालिकाले कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत किसानलाई बिहीबार हाते ट्र्याक्टर र चिया टिप्ने मेसिन वितरण गरेपछि उनीहरू कृषि कर्ममा लाग्न उत्साहित भएका छन् ।

७५ प्रतिशत अनुदानमा वितरण गरिएको यन्त्रले किसानमा उत्साह र व्यावसायिक कृषिको सम्भावना बढाएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताए ।

‘छ अश्वशक्तिका १० र सात अश्वशक्ति क्षमताका १३ वटा हाते ट्र्याक्टर तथा १७ वटा चिया टिप्ने मेसिन वितरण गरेका छौँ’, अध्यक्ष थेबेले भने । ‘कोशी प्रदेश सरकारको सशर्त अनुदान कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा वितरण गरिएका उपकरणका लागि किसानले २५ प्रतिशत लागत सहभागिता जनाएका छन् ।’ उनले वितरण गरिएका सामग्रीको प्रभावकारी प्रयोगका लागि अनुगमन गरिने बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi