काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएपछि सांसद राजेन्द्र बजगाईंले आफ्नो प्रतिकृया सार्वजनिक गरेका छन् ।
गभर्नर पौडेलको नेतृत्वमा ल्याइएको मौद्रिक नीतिमा नीतिगत दर र करिडोर दर घटाउँदै खपत र लगानीलाई प्रवर्द्धन गर्ने, निजी क्षेत्रमा १२ प्रतिशत भन्दा बढी कर्जा प्रवाह गर्ने, घर कर्जा र सेयर धितो कर्जामा छुट दिने, तथा डिजिटल वित्तीय पहुँचलाई बलियो बनाउन नयाँ संरचना ल्याउने जस्ता प्रबन्ध समावेश छन् । यसले आर्थिक स्थायित्व र पुनरुत्थानको मार्ग प्रशस्त गरेको उनको प्रतिकृया छ ।
यो नीति अन्तर्गत, कम ब्याजदर र अधिक तरलताको कारण पर्यटन, जलविद्युत, सेयर बजार, र साना तथा मझौला उद्यम आदिमा सक्रिय अवसरहरू सृजना हुने उनको धारणा छ ।
हाइड्रोमा ब्याज पुँजीकरण सहज भएकाले ऊर्जा क्षेत्रका परियोजनाहरूमा राहत पुग्ने उनको बजगाईंको बुझाइ छ । यस्तै सेयर बजारमा मार्जिन कर्जाको सीमा वृद्धिले निवेशक विश्वास र बजार पूँजीकरण बढाउने काम गरेको छ । यो नीतिले नयाँ सम्भावनाहरू खुलाउँदै अर्थतन्त्रको पुनरुत्थानलाई सशक्त बनाउने उनको तर्क छ ।
विशेषगरी, नेपाली कांग्रेसका मध्यम-न्युट्रल मतदाताहरूमा यो नीति विश्वास पुनः जगाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने छ । गभर्नर पौडेलको लोकतान्त्रिक र दूरदर्शी नेतृत्वले यही विश्वास र आशा प्रवर्धन गर्ने उनको तर्क छ ।
मौद्रिक नीतिले अर्थशास्त्रीको नाममा प्रदूषित टिप्पणी गर्ने, “देशभित्र उधम गर्नेले आईपीओ जारी गरेर भाग्छन्” भन्ने झुठो अफवाह फैलाउनेहरूलाई झापड हानेको बजगाईंको तर्क छ ।






प्रतिक्रिया दिनुहोस्