Skip to content

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २९ घाइते, ३ जनाकाे अवस्था गम्भीर

काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका ९ मा आइतबार बिहान ४ बजेतिर बस दुर्घटनामा परेको हो।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका–९ वेलनदीमा दुर्घटनामा परेको हो।

बस आफै अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिन पुग्दा २९  जना यात्रु घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आइतबार बिहान ४ बजेतिर भएको उक्त दुर्घटना लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र ट्राफिक प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T