Skip to content

मंगलबार नेप्से १० अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक  १०.१४ अंक बढेर २०४१.७० विन्दुमा पुगेको छ। त्यसैगरी, आज  सेन्सेटिभ इण्डेक्स ०.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक बढेको छ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ४८ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ४९ हजार ५१२ पटकको कारोबारमा २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ बराबरको ६८ लाख ४२ हजार कित्ता सेयर कारोबार भएको छ।

आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन दोल्टी पावर कम्पनी र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै,  विन नेपाल लघुवित्तको सेयर मूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने पिपुल्स पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको धौलागिरी लघुवित्तको शेयरमूल्य भने यस दिन सर्वाधिक ९.३५ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.११ प्रतिशत बढेको छ। आज जलविद्युत उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। यस दिन वित्त, जीवन बिमा र व्यापार उपसमूहको परिसूचक घटेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T