Skip to content

कृषि विकास बैंकको विद्यार्थीसँग ग्लोबल मनी विक कार्यक्रम सञ्चालन

काठमाडौं । कृषि विकास बैंकले विश्व बैंकको आहवनमा मार्च १८ देखि २४ सम्मलाई ग्लोवल मनी विकको रुपमा सबै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमा सञ्चालन गरेको छ ।

सो बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेको उपस्थितीमा कृषि विकास बैंक गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा पूर्बी नवलपरासीको अमलटारी होमस्टे,रुपन्देहीको धकधही र कपिलवस्तुको खनुवाका विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो।

उक्त कार्यक्रममा बैंकका उपमाहाप्रबन्धकले वित्तीय साक्षरताका सम्वन्धमा बैंक, विद्युतिय बैंकिङ सेवा, बेलैमा बचत गर्ने बानीको विकास, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत, बचतको महत्व, खाताबाट कारोबार गर्दा हुने फाइदा, विद्युतीय कारोवार गर्दा अपनाउनुपर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन, विद्युतिय बैंकिंग कारोवार गर्दा अपनाउन पर्ने साबधानीजस्ता विषय सम्वन्धमा जानकारी गराएका थिए । 

आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादन मुलक क्षेत्रमा लगाउनु पर्नेबारे प्रकाश पारे । उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका प्रमुख र प्रबन्धकको उपस्थिति रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima