काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार १५ गतेभित्र ल्याउनुपर्नेमा काठमाडौं महानगरपालिकाले दुई साता ढिलो गरी ल्याएको छ ।
आइतबार मेयर बालेन शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गरिन् ।
काठमाडौं महानगरपालिकामा मेयर साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण समयमा नीति तथा कार्यक्रम र बजेट नआएको हो ।
आज सम्पन्न १७ औं नगर सभामा पनि प्रष्ट देखियो । मेयर साहले सम्बोधनका क्रममा उपमेयरलाई मात्र सम्बोधन गरे, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको नामै लिएनन् ।
गुरागाईंको छटपटी प्रष्टै देखियो । उनी घरी घडी हेर्ने घरी यताउति हेर्ने गरिरहेका थिए । मेयर र उपमेयर भने घरीघरी एकअर्कातिर तन्किएर कुरा गरिरहेका देखिन्थे । मेयर निस्किएपछि मात्र उनी खुलेका थिए ।







प्रतिक्रिया दिनुहोस्