Skip to content

१५ तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुरबाट ६ जना पक्राउ

nabil bank

नेपालगञ्ज । भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र ७ लाख ८७ हजार रुपैयाँ नगदसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट सुनका गहना र नगद चोरेर कोहलपुरस्थित होटेल न्यू कालीकोटेमा बसेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक रेशमलाल पौडेलको नेतृत्वमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय, बाँकेकी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार पक्राउ पर्नेमा कालीकोट रासकोट नगरपालिका–१ निवासी ४२ वर्षीय मनबहादुर शाही र ४२ वर्षीय तेजबहादुर शाही, कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–८ बस्ने १८ वर्षीय पङ्कज केसी, सोही पालिकाको वडा नं ८ निवासी ४५ वर्षीय प्रेमबहादुर खत्री र ३८ वर्षीया अनिता खत्री तथा नरहरिनाथ गाउँपालिका–९ बस्ने २८ वर्षीया सरिता शाही रहेका छन् ।

सोमबार पक्राउ गरेका उनीहरूलाई जिल्ला अदालत बाँकेबाट आज म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi