Skip to content

१ वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ

भद्रपुर । आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ४६३ जना पुरुष, ७० जना महिला र एक जना यौनिक अल्पसङ्ख्यक छन् ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले फरार प्रतिवादीहरूलाई जिल्ला अदालत झापामा उपस्थित गराई, अदालतको आदेशअनुसार कैद बाँकी रहेका व्यक्तिहरूलाई कारागार पठाइएको र जरिवाना मात्र बाँकी रहेका व्यक्तिबाट जरिवाना असुल गरी छाडिएको बताए । उनका अनुसार पक्राउ परेकाहरूबाट २४८ वर्ष १० महिना १४ दिन कैद र सात करोड २७ लाख २४ हजार ८२१ रुपैयाँ बराबरको जरिवाना असुल गरिएको छ ।

पक्राउ परेका चर्चित फरार प्रतिवादीहरूमा भद्रपुर–८ का ४८ वर्षीय खेमराज पोखरेल छन्, उनलाई सर्वोच्च अदालतले जबर्जस्ती करणी तथा हाडनाता करणी मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय सुनाएको थियो। यस्तै, मेचिनगर–७ का ३२ वर्षीय प्रदीप राईलाई उच्च अदालत विराटनगर, इलाम इजलासले जबर्जस्ती करणी र चोरी मुद्दामा दोषी ठहर गरी २०७२ सालमा १० वर्ष कैद हुने फैसला गरेको थियो ।

यसैगरी, पक्राउ पर्ने बिर्तामोड–८ का ३० वर्षीय अमिरलगुन विश्वकर्मालाई उच्च अदालत पाटनले राजस्व चुहावट मुद्दामा एक वर्ष दुई महिना १५ दिन कैद र २ करोड ८४ लाख ५८ हजार ६०५ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । फैसला कार्यान्वयन अभियानलाई थप सशक्त र प्रभावकारी बनाउने योजना अघि सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi