Skip to content

बैंकको स्टाम्पदेखि स्टेटमेन्टसम्म नक्कली बनाउने सफराज खड्का पक्राउ

nabil bank

काठमाडौं । बैंकको छाप (स्टाम्प) देखि स्टेटमेन्टसम्म नक्कनी बनाउनले ४२ वर्षीय सफराज खड्का पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो ( सीआईबीले) को टोलीले उनलाई मंगलबार काठमाडौं महानगरपालिका-३ महाराजगन्ज चोककाे कोठाबाट पक्राउ गरेको हो ।

खड्काले किर्ते गरी विभिन्न कागजात, बैंक स्टेटमेन्ट, विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू बनाउने गरेका छन् भन्ने विशेष सूचनाको आधारमा सीआईबीले पक्राउ गरेको जनाएको छ ।

सीआईबीले विभिन्न सरकारी कार्यालय,जिल्ला अदालत, बैंक तथा वित्तीय संस्थाको रबर स्ट्याम्प, विभिन्न शैक्षिक संस्थाको प्रमाणपत्रलगायत नक्कली वस्तु फेला पारेको छ ।

उनले टियु, सिटिईभिटीई, एचएसर्यबि र एनईबीको होलो ग्राम लगायतका सामाग्रीहरू पनि नक्कली बनाएर बेच्ने गरेका छन् । उनीबाट प्रहरीले प्रिन्टर थान–२, सिपियु थान–१, स्क्यानर थान–१, रबर स्ट्याम्प बनाउने मेसिन थान–१ र मोबाइल थान–१ जफत गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime