Skip to content

चिया बगान बाहेकका श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक लागु

nabil bank

काठमाडौं । चिया बगान बाहेकका श्रमिकका लागि सरकारले तोकेको नयाँ न्यूनतम पारिश्रमिक लागु भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज नेपाल राजपत्रमा सूचना प्रकाशित गरी चिया बगान बाहेकका श्रमिकका लागि न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागु भइसकेको जनाएको छ ।

मन्त्रालयले श्रम ऐन २०७४ को दफा १०६ बमोजिम नयाँ पारिश्रमिक निर्धारण गरेको हो । अब श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५ सय ५० रुपैयाँ भएको छ । जसमा आधारभूत पारिश्रमिक १२ हजार १ सय ७० रुपैयाँ महँगी भत्ता ७ हजार ३ सय ८० रुपैयाँ रहेको छ ।

दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकका लागि न्यूनतम ७ सय ५४ रुपैयाँ तोकिएको छ । यसमा आधारभूत पारिश्रमिक ४ सय ७० र महँगी भत्ता २ सय ८४ रुपैयाँ छ । प्रतिघण्टा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक १ सय १ रुपैयाँ निर्धारण गरिएको छ । जसमा आधारभूत पारिश्रमिक ६३ र महँगी भत्ता ३८ रुपैयाँ रहेको छ । आंशिक समय काम गर्ने कामदारको प्रतिघण्टा न्यूनतम पारिश्रमिक १०७ रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime