काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको २ लाख ११ हजार ४७६ कित्ता संस्थापक सेयर आज भर्ने अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम ३ सय ३० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ ।
कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौंबाट पेस गर्न सकिनेछ । त्यसैगरी, साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरु बिर्तामोड, इटहरी, बर्दिबास, हेटौंडा, धादिङ, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, काठमाडौं, सिराहा, र कैलालीबाट आवेदन दिन सकिनेछ । सो कम्पनीले चैत २१ गतेबाट यो सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।












प्रतिक्रिया दिनुहोस्