काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार १०० रुपैयाँले बढेको हो । यस्तै चाँदी पनि प्रतितोला ३० रुपैयाँले बढेको छ ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँको कारोबार भएको छ । यस्तै चाँदी प्रतितोला २ हजार ३५० रूपैयाँमा कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्