Skip to content

मधेस प्रदेशमा पानीको हाहाकार, ट्याङकरद्वारा वितरण गरिएको पानीको भरमा दैनिकी (तस्बिरहरु)

nabil bank

काठमाडौं । मधेश प्रदेश अहिले सुक्खाले ग्रस्त छ । वर्षा नहुँदा धान रोपाइँ हुन सकेको छैन भने खानेपानी अभाव पनि उत्तिकै छ ।

तराईमा पानीका स्रोत भनेका कुवा, इनार र चापाकल हुन् । यी तीनवटै परम्परागत प्रणाली बेकामे बन्दा पानी संकट चुलिएको हो । खानेपानीको संकट टार्न स्थानीय र प्रदेश सरकारले दमकल र ट्यांकरबाट बस्तीबस्तीमा पानी बाँड्न थाले पनि त्यो त्यति प्रभावकारी भएको छैन ।

जसमध्ये महोत्तरी जिल्लाका विभिन्न नगरपालिकाका गाउँहरूमा खानेपानीको चरम अभाब देखिएको छ । जिल्लाको मनराशिसवा नगरपालिकामा रहेका दश वटा वडाका स्थानीयले अहिले खानेपानीको संकट भोगी रहेका छन् ।

सो नगरपालिकाको–१ मा अवस्थित चौरिया टोलका सबै चापाकल, इनार, कुवा सुक्दा स्थानीयहरू नगरपालिकाले वितरण गरेको ट्याङकरको पानीको भरमा दैनिकी चलाउनु परेको स्थानीय राम प्रवेश महराले बताए । चापाकलमा पानी आउँदैन पानी पिउन खाना पकाउन पालिकाले बाँडेको पानीमा भर पर्नु परेको उनले सुनाए ।

कहिले काँही त पानी ल्याउने ट्यांकर रातिको ११, १२ बजे तिर आउँछ, फेरि त्यति बेला उठेर पानी भर्न पर्ने स्थानीय गगनदेव यादवले सुनाए । सोही नगरपालिका–५ मा रहेको जनता माध्यमिक विद्यालय क्षेत्र भित्रको डिप बोरिङ स्थानीयको लागि खुल्ला गरिंदा केही राहत महसुस स्थानीयले गरेका छन् ।

तस्बिर:  प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime