Skip to content
Prabhu

नेको इन्स्योरेन्सद्वारा ८२ प्रतिशत दाबी भुक्तानी, कृषिमा मात्रै करिब साढे ८ करोड भुक्तानी

काठमाडौं । नेको इन्स्योरेन्सले ७८ करोड २२ लाख दाबी भुक्तानी गरेको जनाएको छ । सो कम्पनीको भुक्तानी गत आव २०७९र८० को बाँकी तथा चालु आव २०८०र८१ मा परेको दाबी समेतको संयुक्त भुक्तानी हो ।

सो कम्पनीले जनाएअनुसार गत आवमा परेको दाबीको ८२ प्रतिशत दाबी भुक्तानी गरिसकेको र चालु आवमा पेको दाबीमध्ये ५२ प्रतिशत भुक्तानी गरेको छ । यसमा गत आवको भुक्तानी रकम ४० करोड ७२ लख तथा चालु आवको ३७ करोड ५० लाख रुपैयाँ रहेको छ ।

सो कम्पनीका अनुसार भुक्तानी भएका दाबीहरूमध्ये कृषिसँग सम्बन्धित १ हजार ७ सय ९६ दाबीको कुल ८ करोड ४४ लाखभन्दा बढीको दाबी रकम रहेको छ ।छिटो छरितो दाबी भुक्तानीका लागि स्पोट पेमेन्ट (ठाउँको ठाउँ भुक्तानी) योजनामार्फत दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

‘दाबी परेका र कागजात पूरा भएका दाबीहरूको यथाशीघ्र भुक्तानी दिने नीति कम्पनीले लिएकाले दाबी भुत्तानी समयमा नै तिर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौं’ कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal