काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले मंगलबार बैंकका कार्यकारी अधिकृत (सिईओ) सँग छलफल गरेका छन् भने बुधबार बैंकका अध्यक्षहरूलाई छलफलका लागि बोलाएका छन् ।
गभर्नरले बाफिया संशोधन विधेयकका प्रस्तावित व्यवस्था र दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिका लागि छलफल गर्न वाणिज्य बैंकहरूका सिईओलाई राखेर छलफल गरेका हुन् । उनले बुधबार बैंकका अध्यक्षहरूलाई छलफलका लागि बोलाएको एक बैंकरले बताए ।
यसैगरी, गभर्नरले चालु आर्थिक वर्षका लागि जारी मौद्रिक नीतिमाथि र वित्तीय क्षेत्र विकास रणनीतिको विषय हो । गभर्नरले मंगलबार साढे १ बजे काठमाडौंको मेरियट होटलमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गरेका हुन् । यसैगरी, बुधबार साढे १ बजे नै वाणिज्य बैंकहरूका अध्यक्षलाई सोल्टी होटलमा बोलाएको एक स्राेतले बताएको छ ।






प्रतिक्रिया दिनुहोस्