Skip to content

‘प्रि-आईपीओ’का लागि खरिदकर्ता खोज्नेमा मर्चेन्ट बैंकरदेखि ब्रोकरसम्मः सेबोनमा उजुरीका चाङ, कारबाहीको तयारी

nabil bank

काठमाडौं । बजारमा प्रि-आईपीओको आतङ्क निकै बढ्दो छ । यसको भुमरीमा सर्वसाधारण लगानीकर्ता ठगिने क्रम बढेको छ । यस्तो प्रि आईपीओ जारी गर्ने कम्पनीका लागि खरिदकर्ता खोज्ने काम भने कतिपय ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकरहरुले समेत गर्ने गरेको पाइएको छ ।

कम्पनीले साधारण सेयर (आईपीओ) नै जारी नगर्दा प्रि–आईपीओ निष्कासन गरेर लगानीकर्ता ठग्ने काममा तल्लीन ब्रोकर र मर्चेन्ट बैंकरलाई सेबोनले कारबाहीको दायरामा ल्याउन लागेको छ ।

बर्षौअघि देखि प्रि–आईपीओको नाममा ठगी धन्दा चलिरहेको छ । यसमा ब्रोकर र मर्चेन्ट बैंकरको भूमिका पनि देखिएको छ । सामान्य लगानीकर्ताले प्रलोभनमा पारेर लगानी गर्न लगाउनेमा बढी मर्चेन्ट बैंकर र ब्रोकर रहेको सेबोनको दाबी छ ।

प्रि–आईपीओमा निष्कासन गर्ने कम्पनीलाई लगानीकर्ता खोज्ने करिब १ दर्जन मर्चेन्ट बैंकर तथा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) का विरुद्ध धितोपत्र बोर्डमा उजुरी समेत परेको छ । ‘कानुनले नचिनेको प्रि–आईपीओमा लगानीकताृ खोज्ने मर्चेन्ट बैंकर र ब्रोकरका विषयमा उजुरी परेको छ’ बोर्ड निकट उच्च स्रोतले भन्यो, ‘अहिले बोर्डमा करिब १ दर्जन उजुरी परेका छन् । त्यसमा अहिले हामी आन्तरिक रूपमा अनुसन्धान गरिरहेका छौ ।’

प्रि–आईपीओमा लगानी गर्न लगानीकर्ता खोज्ने मर्चेन्ट बैंकर र ब्रोकरलाई कारबाही गर्ने बोर्ड स्रोतको भनाइ छ । पछिल्लो केही समययता सेबोनमा यस्ता उजुरी बाक्लै पर्न थालेको स्रोतको भनाइ छ ।

केही समय यता सामाजिक सञ्जालमा समूह नै बनाएर ‘प्रि–आईपीओ’ को नाममा ठगी धन्दाका चलिरहेको छ । अहिले प्रमोटर समूह, आईपीओ समूह ‘ए’ लगायतका विभिन्न समूह खोलेर ठगी गर्नेको सङ्ख्या बढ्दो छ ।

खुलेआम प्रि–आईपीओको नाममा कारोबार हुँदा पनि कुनै निकायले कोही कसैलाई पनि कानुनी कारबाही गरेका छैनन् । तर, धितोपत्र बोर्डले भने पहिलो पटक करिब १ दर्जन मर्चेन्ट बैंकर र ब्रोकरलाई कारबाहीको तयारी गरेको छ । तपाईँ ह्वाट्सएप चलाउनु हुन्छ भने त्यहाँ विभिन्न समूहले प्रि–आईपीओ प्रमोटर समूह, आईपीओ प्रमोटर समूह ए लगायतका विभिन्न समूह खोलेका छन् ।

यस्ता समूहले ठुलो रकम राज्यलाई कर छलेका छन् भने कालो धनलाई सेतो बनाउने काम गरेका छन् । कम्पनी पब्लिकमा जाने कहिले हो अत्तोपत्तो छैन । अहिलेदेखि नै प्रि–आईपीओको नाममा ठुलो ठगी धन्दा मौलाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime