हेटौंडा । बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भएका छन् । आज सम्पन्न यहाँ सम्पन्न निर्वाचनमा उनले २२ प्राप्त गरेर मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गरेका छन् । निर्वाचन समितिका अनुसार मुख्यमन्त्री लामाले १४ मत प्राप्त गरे।
निर्वाचनमा एक मत बदर भएको जनाइएको छ । निर्वाचनमा ३७ प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । यस अगाडिको दलको नेताको निर्वाचनमा पनि बानियाँ र लामाबीच नै प्रतिस्पर्धा भएको थियो ।
तत्कालीन समयमा लामाले २१ मत प्राप्त गरेर दलको नेतामा चयन भएको थियो बानियाँले १६ मत प्राप्त गरेका थिए। आजको निर्वाचनमा कांग्रेसका ३७ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्