Skip to content

गरगरे र मुल्कमा पहिरो खसेपछि कालीगण्डकी सडक अवरुद्ध

nabil bank

गुल्मी । पहिरोका कारण कालीगण्डकी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो बिहान खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गंगाबहादुर सारुले जानकारी दिए । पहिरो पन्छाउने प्रयास जारी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime