Skip to content

‘बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित’

nabil bank
प्रधानमन्त्री ओली – डिजिटल हेल्थ कार्यक्रम उद्घाटन भक्तपुर, १६ साउनः प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा भक्तपुरमा आयोजित विशेष कार्यक्रममा बागमती डिजिटल हेल्थ सेवा शुभारम्भ गर्नुहुँदैै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बागमती प्रदेशलाई पूर्ण खोप दिइएको प्रदेशका रुपमा घोषणा गरिएको छ ।

आज भक्तपुरमा वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ जिल्ला र ११९ पालिकाका बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप दिएको सुनिश्चित भएसँगै उक्त घोषणा गरेका हुन् ।

सङ्घीय सरकारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा बागमती प्रदेशलाई यस किसिमको सफलता प्राप्त भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गर्नुभयो । सोही अवसरमा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको ‘डिजिटल हेल्थ’ कार्यक्रमको पनि उद्घाटन गरे ।

प्रधानमन्त्री ओलीले पूर्ण खोप घोषणा भएकामा प्रदेशलाई बधाई दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय गन्तव्य प्राप्तिका लागि ‘निरोगी नेपाल’ अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले नेपालमा मानिसका साथै पशुपक्षी र वनस्पति पनि निरोगी हुन् तथा सहर र गाउँ सफा रहून् भन्ने सोचका साथ काम गर्नुपर्नेमा जोड दिए ।

‘रोग लाग्न सक्छ तर हामीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्छ । त्यसको एउटा उपाय खोप हो । यो अभियान सफल हुँदै गएकामा म खुसी व्यक्त गर्दछु’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा समावेश गरेको छ । उक्त हक प्राप्तिको दिशामा खोप अभियान सार्थक भएको छ । २०८३ सालमा हामी विकासशील मुलुकमा स्तरोन्नति हुँदैछौँ । त्यसका लागि पनि यो अभियान महत्वपूर्ण साबित भएको छ । यस्ता अभियान सञ्चालनमा हामीले अब अरू प्रदेशलाई पनि प्रेरित गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले खोप अभियानका क्रममा उत्कृष्ट कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरे । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य क्षेत्रको निरन्तर खटाइबाट पूर्ण खोप अभियान सफल भएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime