Skip to content

खेलकुद पत्रकार थापाको ‘खेलाडी संघर्षदेखि सफलतासम्म’खेलाडी पुस्तक विमोचन

काठमाडौं । वरिष्ठ खेलकुद पत्रकार विष्णु थापाद्वारा लिखित पुस्तक ‘खेलाडीः संघर्षदेखि सफलतासम्म’ विमोचन भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुस्तक विमोचन गरेका हुन्।

लेखक थापाले नेपाली खेलकुदका विभिन्न उतारचढाव भोगेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका करिब पाँच दर्जन खेलाडीको संघर्ष, सफलता र चर्चालाई समेटेर पुस्तक प्रकाशन गरिएको बताए।

अन्नपूर्ण पोस्ट्मा कार्यरत थापा दुई दशकभन्दा बढी समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील छन्। पुस्तकमा ७७ खेलाडीका व्यक्तिचित्र संग्रहित छन्। पुस्तक २६० पृष्ठको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi