Skip to content

अख्तियारद्वारा घुस लिएको आरोपमा खरिदारसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा  सेवाग्राहीसँग घुस रकम लिएका मालपोत कार्यालय कोहलपुर बाँकेका खरिदार हरिचन्द्र पाण्डेसहित ४ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले २० हजार घुस लिई भष्टाचार गरेको आरोपमा खरिदारसहित चार जनाविरुद्ध विशेष अदालतमा काठमाडौँमा मुद्दा दायर गरिएको जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता पौडेलले उहाँविरुद्ध भष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम मुद्दा दायर गरिएको प्रवक्ता पौडेल बताए।

मुद्दा दायर हुनेमा जग्गाको मोठ भिडाउन सहजीकरण गर्ने शान्ति पुन, खरिदार रतनबहादुर जिसी, हरिचन्द्र पाण्डे तथा घनश्याम तिवारी छन् । उनीहरुविरुद्ध २० हजार बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima