Skip to content

खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन क्षेत्र विस्तार

काठमाडौँ, १८ साउनः नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा मन्त्रालयमा आयोजित खाद्य प्रयोगशाला एक्रिडिटेशनसम्बन्धी छलफल तथा पत्रकार भेटघाट कार्यक्रममा सहभागी हुँदै महानिर्देशक संजिवकुमार कर्णलगायत । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन (एकृडिटेसन) क्षेत्र विस्तार गरेको छ । विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यसअघिका वर्षमा प्रत्यायनका तीन सय ८६ वटा परीक्षण हुने गरेकामा यस वर्ष आठ सय १४ वटामा क्षेत्र विस्तार गर्न लागिएको जानकारी गराइएको हो ।

कुनै पनि उत्पादनको परीक्षण गरी प्रत्यायन प्रमाणपत्र प्राप्त गरेपछि त्यसलाई विश्वले मान्यता दिने विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए । परीक्षण गरेपछि प्रत्यायन प्रमाणपत्र प्राप्त गर्न तीनदेखि चार वर्ष लाग्ने उनले बताए ।

क्षेत्र विस्तारसँगै विभागअन्तर्गतको प्रयोगशालाले अन्तरराष्ट्रिय मान्यता प्राप्त गरेको छ । यसबाट खाद्य तथा दाना पदार्थको नमूना विश्लेषणको विश्वसनीयता कायम राख्न तथा निर्यातमा सहजीकरण गर्न पनि सहयोग मिल्ने विश्वास विभागले लिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi