Skip to content

तीन दिनमा १४३ अंकले घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट

काठमाडौं । गत मंगलवार ३ हजार बिन्दुमाथि पुगेको सेयर बजार आइतबार साढे २८ सय बिन्दुमा झरेको छ । तीन कारोबार दिनमा सेयर बजार १४३ अंकको हाराहारीमा घटेको हो । सेयर बजार मापम सूचकसँगै कारोबार रकम पनि गिरावट देखिएको छ । गत मंगलबार २६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आइतबार १३ अर्ब रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक घटेको छ। आज सबैभन्दा धेरै अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत घटेको छ। आज लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

आइतबार नेप्से परिसूचक ६३.७३ अंक घटेर २८५८.९० विन्दुमा झरेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १०.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५२ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १५ अर्ब ९८ करोडको सेयर खरिदबिक्री भएको बजारमा १३ अर्ब ७ करोड ५० लाख ४ हजार रुपैयाँकाे सेयर खरिदबिक्री भएको छ।

आज दुई कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ट्रेड टावर र शिव श्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसैंगरी, आज दिन थ्रि स्टार हाइड्रोपावरको सेयरमूल्य साढे ४ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन सान्भि इनर्जीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ७५ करोड ३९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। आज हिमालयन रि इन्स्योरेन्सको साढे ७१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ भने हिमालयन डिष्टिलरीको करिब ५९ करोडको सेयर कारोबार भएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi