काठमाडौँ । दुर्गा प्रसाईलाई उच्च अदालत पाटनले २८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले बैंकिङ कसुर दुवैमा धरौटीमा छाड्न आदेश दिएको हो । प्रसाईलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
त्यस्तै उच्च अदालत, पाटनले आजै उनलाई चैत १५ मा भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित मुद्दामा समेत तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश टंकप्रसाद गुरुङ्ग र डिल्लीरत्न श्रेष्ठको इजलासले राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको मुद्धामा धरौटीमा छोड्न आदेश दिएको हो ।






प्रतिक्रिया दिनुहोस्